Kathmandu Press

च्याम्पियन्स ट्रफीमा पाकिस्तानमाथि भारतको सानदार जित

आइतबार दुबईमा भएको खेलमा कोहलीले सानदार शतक प्रहार गरेपछि भारतले पाकिस्तानमाथि ६ विकेटको सहज जित निकाल्यो।
च्याम्पियन्स ट्रफीमा पाकिस्तानमाथि भारतको सानदार जित

काठमाडाैं, फागुन १ : विराट कोहलीले सानदार प्रदर्शन मद्दतमा भारत च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित निकालेको छ। आइतबार दुबईमा भएको खेलमा कोहलीले सानदार शतक प्रहार गरेपछि भारतले पाकिस्तानमाथि ६ विकेटको सहज जित निकाल्यो।

यो प्रतियोगितामा भारतको लगातार दोस्रो जित हो। यसअघि भारतले पहिलो खेलमा बंगलाादेश माथि ४ विकेको जित निकालेको थियो। योसँगै भारत प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ।

यही समूहको भोलि हुने न्युजिल्यान्ड र बंगलादेशबीचको खेलमा न्युजिल्यान्ड विजयी भए भारत सेमिफाइनल पुग्ने छ। यो अवस्थामा न्युजिल्यान्ड पनि सेमिफाइनल पुग्नेछ।

Hardik ivf

यता, पहिलो खेलमा न्युजिल्यान्डसँग फराकिलो हार व्यहोरेको पाकिस्तान लगभव प्रतियोगितबाट बाहिरिसकेको छ। भोलिको खेलमा बंगलादेश विजयी भएमात्र उसको सेमिफाइनलको झिनो आशा बाँकी रहन्छ। अन्यथा पाकिस्तान र बंगलादेश दुवै बाहिरिने छन्।

दुबईमा पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले ४२.३ ओभरमा भेट्टायो। भारतका लागि लामो समयपछि ब्याटिङमा संघर्ष गरिरहेका कोहलीले शतक बनाए। कोहली १११ बलमा ७ चौकका १ सय रनमा नटआउट रहे।

कोहलीको यो एकदिवसीय क्रिकेटको ५१औं शतक हो। समग्रमा भने उनले ८१औं शतक हो। उनी अन्तर्राष्ट्रियक क्रिकेटमा सर्वाधिक शतक बनाउने सूचीमा दोस्रो स्थानमा छन्। उनीभन्दा अघि १ सय शतक बनाएका सचिन तेन्दुलकर छन्।

यस्तै, कोहलीले एकदिसीय क्रिकेटमा १४ हजार रन पनि पुरा गरेका छन्। उनी यो उपलब्धि हासिल गर्ने तेस्रो खेलाडी हुन्। यसअघि सचिन र कुमारा सागाकाराले यो उपब्धि हासिल गरेका छन्। कोहली १४ हजार रन सर्वाधिक छिटो बनाउने खेलाडी बनेका छन्। कोहलीले २८७ इनिङमा १४ हजार रन बनाउँदा सचिनले ३५० इनिङ खेलेका थिए।

कोहलीबाहेक भारका श्रेयस ऐरले ६७ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाउँदा इनफर्म शुभमन गिलले ४६ र कप्तान रोहित शर्माले २० न बनाए।

बलिङमा पाकिस्तानका साहिन साह अफ्रिदीले २ तथा अब्रार अहमद र खुसदील साहले समन १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तान ४९.३ ओभरमा २४१ रनमा अलआउट भयो। उसकास लागि साउद सकिलले सर्वाधिक ६२ रन बनाउँदा कप्तान मोहम्मद रिजवानले ४६, खुसदीलले ३८ र बाबर अजामले २३ रनको योगदान दिए।

बलिङमा भारतका कुलदीप यादवले तीन विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट लिए।

 

प्रकाशित मिति: ०७:१० बजे, सोमबार, फागुन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्