भरूवा बन्दुकसहित एक जना पक्राउ
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाबाट अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।
पोखरा, फागुन ११ : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाबाट अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।
माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर विक भरूवा बन्दुक दुई थान र बारूद सहित शनिवार दिउँसो पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घरमा खानतलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
अभियुक्त विकबिरुद्ध कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
रिङ्कुको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइए पनि हालसम्म रिपोर्ट नआएको वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।
प्रकाशित मिति: २०:०० बजे, आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1744698085.png)





-1744698085.png)


