Kathmandu Press

शंकास्पद गतिविधिमा संलग्नताको आरोपमा ७ बंगलादेशी नागरिक पक्राउ 

 शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले आइतबार काठमाडौंबाट ७ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। 
शंकास्पद गतिविधिमा संलग्नताको आरोपमा ७ बंगलादेशी नागरिक पक्राउ 

काठमाडौं, फागुन ११ : शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले आइतबार काठमाडौंबाट ७ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरु गैरकानुनी रुपले नेपाल प्रवेश गरी बसोबास गर्दै शङ्कास्पद गतिविधिहरुमा संलग्न रहेको आशंका गरेको छ । गलत गतिविधिमा संलग्न रहेको भन्ने सूचनाको आधारमा पक्राउ परेको सातैजनालाई अध्यागमनमा बुझाइएको छ। 

प्रहरीका अनुसार पक्राउ परेकाहरुमा बंगलादेशीहरूमा मोहम्मद जहांगिर आलम, मोहम्मद अतिकुल इस्लाम, मोहम्मद अमिनुल हक, मोहम्मद अलाम मोला, मोहम्मद नारिरुद्धिन, मोहम्मद मोसरफ हुसेन र मोहम्मद मन्दादुल हक रहेका छन्।

 

प्रकाशित मिति: १९:१० बजे, आइतबार, फागुन ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्