अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
अछाम, फागुन ११ : अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
जिल्लाको कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रङ्गादेवी भण्डारीले बच्चा जन्माएको र रक्तस्राव नरोकिएपछि आज हेलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष विकले जानकारी दिए।
उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा उद्धार गरिएको हो।
प्रकाशित मिति: १८:३८ बजे, आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1744698085.png)





-1744698085.png)


