पाथीभरा क्षेत्र अशान्त र रणमैदान बनेको राजेन्द्र लिङ्देनको दाबी
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद लिङ्देनले उनले पाथीभरा केवलकारको विषयलाई राज्यले किन अनदेखा गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र मानवअधिकार आयोगसमक्ष प्रश्न गरेका हुन्।
काठमाडौं, फागुन ११ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरा क्षेत्र अशान्त भएको र एक प्रकारले रणमैदानमा परिणत भएको बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद लिङ्देनले उनले पाथीभरा केवलकारको विषयलाई राज्यले किन अनदेखा गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र मानवअधिकार आयोगसमक्ष प्रश्न गरेका हुन्।
आज एउटा व्यापारिक स्वार्थको लागि भाइ–भाइ लडाउने काम भइरहेको पनि बताए। मन्त्रीस्तीयर वार्ता गर्न सरकार किन तयार छैन भन्दै प्रश्न पनि गरे।
‘आज पूर्व पाथीभरा अर्थात मुकुमलुङ क्षेत्र अशान्त भइरहेको छ। एक प्रकारले रण मैदानमा परिणत भइरहेको छ। प्रधानमन्त्रीले, गृहमन्त्रीले त्यो भिडियो हेर्नु भएको छ कि छैन? त्यो समाचार सुन्नु भएको छ की छैन? राजनीतिक दलहरुले पनि त्यो विषय किन अनदेखा गरेको मानवअधिकार आयोगले कि अनदेखा गरेको यो मेरो प्रश्न हो। आज एउटा व्यापारिक स्वार्थको लागि किन भाइभाई लडाउने काम भरहेको छ, किन मन्त्रीस्तरको वार्ता गर्न सरकार तयार छैन, मान्छे मरेपछि मात्रै वार्ता गर्ने हो र?,’ उलने भने, ‘सरकार जसले लामो समयदेखि योजनावद्ध ढंगले पाथीभरा क्षेत्रलाई व्यापारीको हातमा दिनको लागि योजनावद्ध रुपमा काम गरिरहेको छ भन्ने कुरा मानिसलाई थाहा छ। अहिलेको प्रधानमन्त्रीको नेतृत्वमै सरकार भएको बेला कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथीभरालाई अलग गरियो, लगत्तै व्यापारीलाई केवलकार बनाउन दिने निर्णय गरियो। तर, जनताले विरोध गरिरहेको अवस्था छ। सरकारले सारा शक्ति लगाएर निर्माण गर्न खोजिरहेको छ । त्यो काम अविलम्ब गर्नुपर्छ ।’
उनले गणतन्त्र लुटतन्त्रमा परीणत भयो भने आफूहरुले निरन्तर रुपमा विरोध गरिरहने उद्घोष गरे।



-1744698085.png)





-1744698085.png)


