Kathmandu Press

‘लाज शरणम्’ सेन्सर पास, पायो ‘युनिभर्सल सर्टिफिकेट’

अदालतले फिल्मको स्क्रिप्ट र श्रव्यदृश्य अध्ययन गर्ने आदेश दिएपछि यसको प्रदर्शन मिति अन्योलमा परेको थियो। तर, सेन्सर बोर्डले फल्मलाई पास गरेसँगै अब पूर्वनिर्धारित मितिमा नै प्रदर्शन हुने पक्का भएको छ।
‘लाज शरणम्’ सेन्सर पास, पायो ‘युनिभर्सल सर्टिफिकेट’

काठमाडौं, फागुन ११ : महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लाज शरणम्’ सेन्सर पास भएको छ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई ‘युनिभर्सल सर्टिफिकेट’ दिँदै सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेगरि पास गरेको हो।

Hardik ivf

उच्च अदालत पाटनमा मुद्दा परेपछि फिल्म प्रदर्शन हुने नहुने अन्योलता थियो। पूर्वमन्त्री मोहम्मद अफताब आलमले चलचित्रमा आफ्नो चरित्रलाई तोडमोड गरी प्रस्तुत गरिएको दाबी गर्दै अदालतमा अन्तरिम आदेश माग गरेका थिए। अदालतले फिल्मको स्क्रिप्ट र श्रव्यदृश्य अध्ययन गर्ने आदेश दिएपछि यसको प्रदर्शन मिति अन्योलमा परेको थियो।

तर, सेन्सर बोर्डले फल्मलाई पास गरेसँगै अब पूर्वनिर्धारित मितिमा नै प्रदर्शन हुने पक्का भएको छ।

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको फिल्म हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ।

कुमार कट्टेलले निर्देशन गरेको फिल्ममा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । यस्तै, फिल्ममा विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिश निरौला ‘कक्रोज’, सागर लम्साल ‘बले’ प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापालगायतको पनि अभिनय छ। 
 

प्रकाशित मिति: १५:५७ बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्