Kathmandu Press

नेपालकै पहिलो नवग्रह मन्दिरमा भक्तजनको घुईंचो, एकैदिन २५ हजारले गरे दर्शन

महाशिवरात्रीको अवसर पारेर गत फागुन ६ प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न गरी शुरु भएको महोत्सवमा भक्तजनहरुको सहभागीता देखेर आफूलाई औधी खुसी लागेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
नेपालकै पहिलो नवग्रह मन्दिरमा भक्तजनको घुईंचो, एकैदिन २५ हजारले गरे दर्शन

स्याङ्जा, फागुन ११ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा जारी धार्मिक महोत्सवमा शनिवार मात्र २५ हजार वढी भक्तजनहरुले दर्शन गरेका छन्। 

गाउँपालिका अन्तर्गत वडा नं १ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा शनिवार भक्तजनहरुले भीड लागेको हो। महाशिवरात्रीको अवसर पारेर गत फागुन ६ प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न गरी शुरु भएको महोत्सवमा भक्तजनहरुको सहभागीता देखेर आफूलाई औधी खुसी लागेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए।

Hardik ivf

 महोत्सवमा सहभागीता हुनका लागि जिल्लाभित्रका अन्य पालिका र छिमेकी जिल्लाहरुबाट पनि गाडी रिर्जभ गरेर भक्तजनहरु आईरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले जानकारी दिए। 

महोत्सव अन्तर्गत भोली (सोमबार) १२ गते विजया एकादशीको पावन अवसरमा १ करोड २५ लाख दीप प्रज्वलन हुने पालिका अध्यक्ष तिवारीले बताए । नेपालको पर्यटकीय राजधानी पोखराबाट केहि घण्टामै पुग्न सकिने स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नवग्रह मन्दिर स्थापना पश्चात स्वदेशी तथा विदेशी पर्यटकलाई नवग्रह मन्दिरले आकर्षित गर्ने पालिकाको विश्वास छ।

प्रायः जसो घरमा नवग्रह पुजा हुने गर्दछ तर, नवग्रहको विधिवत पुजा हुने शक्तिपीठ नेपालमा अहिलेसम्म छैनन्। त्यसैले गाउँपालिकाको वडा नं १ मा रहेको ऐतिहासिक धार्मिक बन परिसरमा उक्त मन्दिर निर्माण गरिएको हो। नेपालमा पहिलो पटक बनाउन लागिएको नवग्रह (नौ आकाशीय पिण्ड) को मन्दिर भारतको असमको चित्रसालको पहाडमा मात्र रहेको छ। 

नवग्रह मन्दिरको मुख्य स्तभ नवभुज आकारको रहेको छ। २७ फिट माथीतीर फर्केको अग्लो ब्रह्माणीय मुर्तीको अवलोकन प्रत्येक बर्षको गणेश चतुदर्शीमा मात्र दर्शन गर्न पाइनेछ। नवग्रह मन्दिर शनिवार मात्र खुल्नेछ र ९ चक्र मध्ये एक चक्र भने भक्तजनहरुलाई मध्यनजर गरेर अन्य दिनमा पनि पुजाआजा गर्न पाईनेछ। 

प्रकाशित मिति: ०६:५१ बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्