Kathmandu Press

प्रधानसेनापति म्याराथनको उपाधि खड्गले जिते, हाफ म्याराथनतर्फ मकुेश र सन्तोषी प्रथम

शनिवार सेना दिवसका अवसरमा भएको प्रतियोगितामा २१ किलोमिटरको हाफ म्याराथनतर्फ सेनाका मुकेश पाल र सन्तोषी श्रेष्ठले उपाधि जितेका छन्।
प्रधानसेनापति म्याराथनको उपाधि खड्गले जिते, हाफ म्याराथनतर्फ मकुेश र सन्तोषी प्रथम

काठमाडौं, फागुन १० : प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ। 

शनिवार सेना दिवसका अवसरमा भएको प्रतियोगितामा २१ किलोमिटरको हाफ म्याराथनतर्फ सेनाका मुकेश पाल र सन्तोषी श्रेष्ठले उपाधि जितेका छन्। मुकेश खुल्ला पुरुष र सन्तोषी खुला महिलातर्फ च्याम्पियन बनेका हुन्।

पुरुषतर्फ शेर गण दलका अमलदार गजिन्द्र राई दोस्रो, गणेश दल गणका अमलदार नरेन्द्र रावल तोस्रो भए। उनीहरू क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार रुपैयाँ प्राप्त गरे। 

Hardik ivf

यस्तै, महिलातर्फ सन्तोषी पहिलो हुँदा भगवती दल गणकी प्युठ पूर्ण लक्ष्मी न्यौपाने दोस्रो तथा गरुढ दल गणकी प्युठ निर्मला केसी तेस्रो भइन्। उनीहरूले पनि  क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार रुपैयाँ प्राप्त गरे।

यस्तै, ४२ किलोमिटर म्याराथनको उपाधि रणशेर गणका हुद्धा खड्गबहादुर खड्काले जिते। एपाधिसँगै उनले तीन लाखसहित ट्रफी प्राप्त गरे।

यसैगरी कुमारी दल गणका प्युठ राजन रोकाय दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पाकी तेस्रो स्थानमा रहे।  उनीहरुले क्रमश ः दुई लाख र एक लाख रुपैयाँ प्राप्त गरे।

सेनाका महिला अधिकृततर्फको १० किमी दूरीको दौडमा उपसेनानीत्रय जिना गुरुङ, कुसुम तामाङ र अस्मिता जीसी क्रमश : प्रथम, द्वितीय र तृतीय भए। 

त्यस्तै सैनिक महाविद्यालय तथा विद्यालय र राष्ट्रिय सेवा दलका कक्षा १० देखि १२ कक्षासम्म अध्ययन छात्रतर्फ चाणक्य माध्यामिक विद्यालयका विश्वराज कुँवर, सैनिक आवासीय महाविद्यालयका अमित थिङ र राष्ट्रिय सेवा दलका छात्र सुजित मगरले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन्। 

यो प्रतियोगिता विसं २०७२ देखि निरन्तर हुँदै आएको छ।
 

प्रकाशित मिति: १७:१४ बजे, शनिबार, फागुन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्