Kathmandu Press

नवोदित कलेजमा साईन्स एण्ड रोवोटिक्स प्रदर्शनी 

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन नसकेको जिकिर गरे।
नवोदित कलेजमा साईन्स एण्ड रोवोटिक्स प्रदर्शनी 

काठमाडौं, फागुन १० : काठमाडौको सामाखुशीमा रहेको नबोदित कलेजले साईन्स एण्ड रोवोटिक्स’ प्रदर्शनीको आयोजना गरेको छ।

शुक्रबार आयोजित उक्त प्रदर्शनीमा स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीले ५० भन्दा बढी स्टल राखेका थिए। उक्त स्टलमा प्रविधिको विकासबारे विद्यार्थीबाट निर्माण गरिएका सामग्री प्रदर्शनीमा राखिएका थिए।

Hardik ivf

b90fc8cf-29a7-4265-8003-a99c3d977b06-1740218222.jpeg

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन नसकेको जिकिर गरे। उनले शिक्षा नीतिकै कारण मुलुकको शिक्षा क्षेत्र परिवर्तन हुन नसकेको बताए। 

कार्यक्रममा कलेजका प्राचार्य राजेन्द्र अधिकारीले शिक्षालाई प्रविधि र सीपसँग जोड्न नसकेसम्म मुलुकको विकास सम्भव नभएको बताए। विद्यार्थीलाई प्रविधि र सीपसँग जोड्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने उनको भनाई थियो।

प्रकाशित मिति: १५:४५ बजे, शनिबार, फागुन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्