Kathmandu Press

फिल्म ‘११ः५५’ को गीत ‘रोक्ने छैन’ सार्वजनिक

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्यसृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन्। 
फिल्म ‘११ः५५’ को गीत ‘रोक्ने छैन’ सार्वजनिक

काठमाडौं, फागुन ९ : केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ११ः५५ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको छ। 

शुक्रबार सार्वजनिक गीत ‘रोक्ने छैन’मा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ। सुमन परियारको पनि स्वर रहेको गीतालाई अल्मोडा आफैंले एरेञ्ज गरेका छन्।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्यसृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन्। 

केही दिन अघि सार्वजनिक टिजरले दर्शकमाझ राम्रो छाप छोडेकाले आज सार्वजनिक गीतले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण टिमको छ।

फिल्ममा एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीको पनि अभिनय छ। क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई निर्देशक पाण्डेले एमएस अग्रज र शेखर ज्ञवालीसिँग मिलेर लेखेका हुन्।

अल्मोडा राना उप्रेतीको संगीत, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी रहेको छ।  पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन्।

बिचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ ।
 

प्रकाशित मिति: १९:३२ बजे, शुक्रबार, फागुन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्