च्याम्पियन्स लिग ड्र : अन्तिम १६ मै रियल र एट्लेटिको भिड्ने
शुक्रबार सार्वजनिक ड्र अुनसार मड्रिड डर्बी अन्तिम १६मै हुने भएको छ। जसमा रियल र एट्लेटिको मड्रिड भीड्ने छन्। पहिलो लेग बर्नाबेउ र दोस्रो लेग वान्डा मेट्रोपोलिटोनोमा हुनेछ।
काठमाडाैं, फागुन ९ : युईएफले च्याम्पियन्स लिगको अन्तिम १६को ड्र सार्वजनिक गरेको छ।
शुक्रबार सार्वजनिक ड्र अुनसार मड्रिड डर्बी अन्तिम १६मै हुने भएको छ। जसमा रियल र एट्लेटिको मड्रिड भीड्ने छन्। पहिलो लेग बर्नाबेउ र दोस्रो लेग वान्डा मेट्रोपोलिटोनोमा हुनेछ।
यस्तै, अन्तिम १६मा दुई हेभिवेट क्लब लिभरपुल र पिएसजी भीड्ने तय भएको छ। आर्सनलले डच क्लब पिएसभीलाई प्रतिद्वन्द्वीका रुपमा पाउँदा एस्टन भिल्ला र क्लब ब्रुग पनि अन्तिम १६ मै भीड्नै छन्।
जर्मन जायन्ट बायर्न म्युनिखले कठीन प्रतिद्वन्द्वी पाएको छ । उसले जर्मनकै बायर लेभरकुसनसँग खेल्नुपर्ने छ। पछिल्ला दुई सिजन यता उत्कृष्ट प्रदर्शन गरिरहेको लेभकुसनले बायर्नमाथि दबाब बनाउँदै आएको छ।
बार्सिलोनाले पोुर्चगिज क्लब बेन्फिकालाई प्रतिद्वन्द्वीका रुपमा पाउँदा बोरुसिया डर्टमन्डले फ्रेन्च क्लब लिल तथा अन्तिम १६मा पुगेको एकमात्र इटालियन क्लब इन्टर मिलानले डच क्लब फियनूर्डसँग खेल्नेछ।
अन्तिम १६को पहिलो लेग मार्च र ४ र दोस्रो लेग मार्च ११मा हुनेछ। यस्तै, क्वार्टरफाइलनको पहिलो लेग अप्रिल ८ र दोस्रो लेग १५ मा हुनेछ भने सेमिफाइनल अप्रिल २९ र मे ६मा हुनेछ।
फाइनल भने बायर्नको मैदान एलिनाज एरिनामा मे ३१मा हुनेछ।












![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)