Kathmandu Press

पिएम कप क्रिकेट पहिलो पटक काठमाडौं बाहिर, लुम्बिनी प्रदेशका तीन रंगशालामा हुने

क्यानले शुक्रबार सार्वजनिक गरेकोतालिका अनुसार सिद्धार्थ रंगशालामा सर्वाधिक १७ खेल हुनेछ। फाइनल पनि यही रंगशालामा हुनेछ। यस्तै, निर्माणनिध एक्स्ट्रा टेक ओभलमा १५ र लहमीमा १४ खेल हुनेछ।
पिएम कप क्रिकेट पहिलो पटक काठमाडौं बाहिर, लुम्बिनी प्रदेशका तीन रंगशालामा हुने

काठमाडाैं, फागुन ९ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले पिएम कपको यो संस्करण लुम्बिनी प्रदेशमा आयोजना गर्दै छ।

प्रतियोगिता लुम्बिनी प्रदेशका तीन रंगशाला रुपन्देहीका सिद्धार्थ रंगशाला, एक्स्ट्रा टेक ओभल र दाङको लहमी क्रिकेट मैदानमा प्रतियोगिताका खेल हुनेछ।

क्यानले शुक्रबार सार्वजनिक गरेकोतालिका अनुसार सिद्धार्थ रंगशालामा सर्वाधिक १७ खेल हुनेछ। फाइनल पनि यही रंगशालामा हुनेछ। यस्तै, निर्माणनिध एक्स्ट्रा टेक ओभलमा १५ र लहमीमा १४ खेल हुनेछ।

प्रतियोगिता मार्च ९ देखि २९ सम्म सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ। प्रतियोगितामा ३ विभागीय र प्रदेशका ७ गरी कुल १० टिम सहभागी हुनेछन्। 

प्रतियोगिताको उद्घाटन खेल पनि सिद्धार्थ रंगशालामै हुनेछ। जसमा कोशी र लुम्बिनी प्रदेश भीड्ने छन्। सोही दिन एक्स्ट्रा टेकमा बागमती प्रदेश र एपिएफ र लमहीमा कर्णाली प्रदेश र सुदूरपश्चिमबीच खेल हुनेछ।

लिग चरणका शीर्ष दुई टिमबीच उपाधि भीडन्त हुनेछ भने शीर्ष चार टिम दुई दिवसीय जय ट्रफीका लागि छनोट हुनेछन्। नेपाल पुलिस क्लब प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन हो।
 
प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, फागुन ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्