Kathmandu Press

रिंकु सदा हत्या प्रकरणको प्रगति विवरण सार्वजनिक

उनले सार्वजनिक गरेको विवरण अनुसार सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको छ। 
रिंकु सदा हत्या प्रकरणको प्रगति विवरण सार्वजनिक

धनुषा, फागुन ९ : मधेस प्रदेश सरकार अन्तर्गतको गृह संचार तथा कानून मन्त्रालयले सिरहाको रिंकु सदा हत्याको विषयमा अनुसन्धान गर्न बनेको छानविन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको छ।

शुक्रबार गृह संचार तथा कानूनमन्त्री राजकुमार लेखीले पत्रकार सम्मेलनमार्फत उक्त घटनाको प्रगती विवरण सार्वजनिक गरेका छन्।

उनले सार्वजनिक गरेको विवरण अनुसार सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको छ। 

Hardik ivf

यसअघि स्थानीय एक युवक रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको परिवारले अहिले थप व्यक्तिलाई प्रतिवादी बनाउँदै बलात्कारको कसुरमा अनुसन्धान गर्नुपर्ने माग राखेर पूरक जाहेरी दिइएको छ। 

प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धानको प्रक्रियालाई जारी राखेको गृहमन्त्री लेखीले बताए । बलात्कार आत्महत्या दुरुत्साहन गरी दुई कसुरमा जाहेरी आएको छ। 

जसमा यसअघि बलात्कारको आरोप लागेको भनिएका युवकदेखि छलफलमा सहभागीहरूलाई प्रतिवादी बनाइएको छ। अहिलेसम्म ८ जनाविरुद्ध जाहेरी परेको छ। प्रतिवेदन अनुसार रिंकुको बलात्कारपछि हत्या गरिएको थियो।

रिंकुकुमारी ३० माघ राति ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। त्योभन्दा अघिका घटनाक्रमले भने उनको मृत्यु शंकास्पद रहेको देखाएको थियो।

आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिंकुकुमारी २६ माघ राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन्। तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परेकी थिइन्।

६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन्।

मृत्यु हुनुअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो । घटना दबाउन २९ माघमा गाउँमा पञ्चायती बसेको थियो । पञ्चायती बसेको विषय पुष्टि भएको प्रहरीले जनाइसकेको छ।

बलात्कारको विषय बाहिर आएपछि मधेश प्रदेशका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति नै गठन गरिएको थियो।
 

प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, फागुन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्