नेपाल प्रहरी सम्बन्धी विधेयकमाथि ५१ वटा संशोधन प्रस्ताव
प्रहरीको ऐनको प्रस्तावित मस्यौदामा रहेको प्रहरीको परिचालन, नियन्त्रण, निर्देशन र सुपरिवेक्षण लगायत व्यवस्थालाई लिएर प्रहरीमा असन्तुष्टि छ।
काठमाडौं, फागुन ९ : नेपाल प्रहरी सम्बन्धी विधेयकमाथि प्रतिनिधिसभामा ५१ वटा संशोधन प्रस्ताव दर्ता भएको छ।
प्रहरीको ऐनको प्रस्तावित मस्यौदामा रहेको प्रहरीको परिचालन, नियन्त्रण, निर्देशन र सुपरिवेक्षण लगायत व्यवस्थालाई लिएर प्रहरीमा असन्तुष्टि छ।
नेपाल प्रहरीको परिचालन, नियन्त्रण, निर्देशन र सुपरीवेक्षण गृह मन्त्रालयले गर्ने भन्ने व्यवस्था परिमार्जन हुनुपर्ने उनीहरुको माग छ।
विधेयकमा रहेका त्रुटीलाई सच्याउनुपर्ने माग गर्दै सांसद् शेरबहादुर कुँवर, प्रेम सुवाल, विमला सुवेदी, प्रकाश जवाल, मैना कार्की, राजेन्द्रप्रसाद पाण्डे, भानुभक्त जोशी, जनार्दन शर्मा, मेटमणि चौधरी लगायतले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

