Kathmandu Press

निजामती विधेयकमा प्रतिवेदन दिन बडूको नेतृत्वमा बन्यो उपसमिति 

समितिको शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो। 
निजामती विधेयकमा प्रतिवेदन दिन बडूको नेतृत्वमा बन्यो उपसमिति 

काठमाडौं, फागुन ९ : प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकमाथि छलफल गरी प्रतिवेदन दिन उपसमिति गठन गरेको छ।

समितिको शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो। 

उपसमितिले निजामती विधेयकमाथि छलफल गरी समितिलाई प्रतिवेदन दिनेछ। 

उपसमितिलाई छलफल गरी एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समय दिइएको छ। 

बडू नेतृत्वको उपसमितिमा अशोककुमार राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य छन्।

प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, फागुन ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्