Kathmandu Press

सरकार दलीय तानाशाही राजनीति गर्न खोजिरहेको छ : अध्यक्ष नेपाल

नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्‍यौं र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिन दिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेको अध्यक्ष नेपालले बताए। 
सरकार दलीय तानाशाही राजनीति गर्न खोजिरहेको छ : अध्यक्ष नेपाल

काठमाडौं, फागुन ९ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिले देश अत्यन्तै जटिल भू–राजनीतिक अवस्थामा रहेको बताएका छन्। 

शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको सरकार शासन चलाउँदै र बहुदलीय लोकतन्त्रको मान्यतालाई चूनौति दिँदै दुई दलीय शासनको सोचलाई अघि बढाउन खोजिरहेको बताएका हुन्।

‘हामी सबैको ध्यान विश्व परिवेशमा रहेको छ। अहिले अत्यन्तै जटिल भू–राजनीतिक अवस्था छ। विश्वको  कुन क्षेत्रमा के  घटना घट्ने हो भन्न सकिने  अवस्था छैन। सारा विश्व नै  अहिले  तंरङ्गित छ,’ उनले भने, ‘हाम्रो  देशको  सरकार शासन चलाइरहेको छ। बहुदलीय लोकतन्त्रको मान्यतालाई चूनौति दिँदै दुई दलीय शासनको सोचलाई अघि बढाउन खोजिरहेको छ। दुई दलीय शासन अर्थात दलीय तानाशाही राजनीति गर्ने सोच भन्दा अरु केही छैन।’

नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्‍यौं र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिन दिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेको अध्यक्ष नेपालले बताए। 

अध्यक्ष नेपालले एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको जिकिर गरे। एकीकृत समाजवादी पार्टीलाई नै बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने बताए। 

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, फागुन ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्