Kathmandu Press

लिजेन्ड गोलकिपर बुफोन नेपाल आउने

सम्भवतः उनी फागुन १७ गते नेपाल आइपुग्ने र उनले १९ गते दशरथ रंगशालामा हुने फाइनल हेर्ने छन्।
लिजेन्ड गोलकिपर बुफोन नेपाल आउने

काठमाडाैं, फागुन ९ : विश्व फुटबलका लिजेन्ड गोलकिपर इटालीका जियानलुजी बुफोन नेपाल आउने भएका छन्।

विश्वकै उत्कृष्ट गोलकिपर बुफोन ‘केपी ओली कप’ फुटबल प्रतियोगिता हेर्नका लागि नेपाल आउन लागेका हुन्। सम्भवतः उनी फागुन १७ गते नेपाल आइपुग्ने छन्।

Hardik ivf

सन् २००६मा इटालीबाट विश्वकप जितेका बुफोन नेपाल आउने पक्का भएको प्रतियोगिताको आयोजक नेपाल युवा संघले जनाएको छ। 

युवा संघले रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई ल्याउने प्रयास गरेको थियो, तर उनीहरू नमानेपछि बुफोनलाई ल्याउन लागेको उसले जनाएको छ। उनीसँग सम्झौता भइसकेको बताइएको छ।

प्रतियोगिता फागुन ११ गतेबाट १९ गतेसम्म चल्ने छ। उनले दशरथ रंगशालामा हुने फाइनल हेर्ने बताइएको छ।

विश्व विजेता बुफोनले इटालीबाट कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले सन् १९९८ देखि २०१४ सम्मलगातार पाँच विश्वकप खेलेका थिए। 

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, फागुन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्