Kathmandu Press

सेन्ट जेभियर्स र सेन्ट मेरिजमा भर्नाका लागि गोलाप्रथा विवादमा सर्वोच्चले माग्यो जवाफ 

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उक्त आदेश दिएको हो। गोलाप्रथाबाट विद्यार्थी भर्ना अवैध रहेको दाबीसहित अधिवक्ता सुजाता केसीले रिट दायर गरेकी थिइन्। 
सेन्ट जेभियर्स र सेन्ट मेरिजमा भर्नाका लागि गोलाप्रथा विवादमा सर्वोच्चले माग्यो जवाफ 

काठमाडौं, फागुन ९ : सर्वोच्च अदालतले सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुलमा गोलाप्रथाबाट विद्यार्थी भर्ना गर्नाको कारण पेस गर्न शुक्रबारआदेश दिएको छ। 

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उक्त आदेश दिएको हो। गोलाप्रथाबाट विद्यार्थी भर्ना अवैध रहेको दाबीसहित अधिवक्ता सुजाता केसीले रिट दायर गरेकी थिइन्। 

रिटको प्रारम्भिक सुनुवाइपछि रिटमा सेन्ट जेभियर्स स्कुल, सेन्ट मेरिज स्कुल, ललितपुर महानगरपालिका, महानगरको शिक्षा शाखा, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश र शिक्षा तथा खेलकुद मन्त्रालयका नाममा लिखित जवाफ माग गरिएको हो। 

रिटमा अधिवक्ता केसीले गोलाप्रथाको सट्टा योग्यता प्रणालीका आधारमा भर्ना लिनुपर्ने माग गरेकी छन्। 

साथै, रिटमा सूचना निकालेर गोलाप्रथाबाट भर्ना लिँदा यसले विद्यार्थीको शैक्षिक क्षमता, सिर्जनात्मकता तथा योग्यताको परीक्षण नगर्ने दाबी गरिएको छ। 

प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, फागुन ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्