Kathmandu Press

नयाँ बर्षको स्वागतका लागि फेवा महोत्सवको तयारी

ड्यामसाइडदेखि गैराको चौतारासम्मको तीन किलोमिटरभन्दा लामो क्षेत्रमा सडकमै यो महोत्सव आयोजना हुनेछ। निःशुल्क प्रवेशको व्यवस्था महोत्सवमा हुने आयोजक समितिले जनाएको छ।
नयाँ बर्षको स्वागतका लागि फेवा महोत्सवको तयारी

कास्की, फागुन ९ : नयाँ वर्षको स्वागतका लागि २०औं पटक आयोजना गर्न लागिएको ‘फेवा नव वर्ष महोत्सव’को तयारी अगाडि बढाइएको छ। 

होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गते सम्म स्थानीय लेकसाइडमा यो महोत्सव आयोजना गर्न लागेको हो।

Hardik ivf

महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक एवं होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। 

अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि उत्तिकै महत्व दिएर मनाउने र नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको संयोजक सुवेदीले प्रष्ट्याए। देशविदेशका पर्यटलाई पोखरामा आकर्षित गर्ने र फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्धेश्य पनि महोत्सवले बोकेको उनले बताए।

ड्यामसाइडदेखि गैराको चौतारासम्मको तीन किलोमिटरभन्दा लामो क्षेत्रमा सडकमै यो महोत्सव आयोजना हुनेछ। निःशुल्क प्रवेशको व्यवस्था महोत्सवमा हुने आयोजक समितिले जनाएको छ।

विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाचगान, पर्यटकीय स्टलहरु र खेलकूदका कार्यक्रम समेत महोत्सवमा समेटिने छन्।

महोत्सवका आगन्तुक र पोखरा आउने पाहुनाहरुलाई संघले प्रदान गर्ने विशेष छुटको घोषणा छिटै गरिने संघले स्पष्ट पारेको छ। पछिल्लो क्रममा स्तरोन्नती हुँदै गरेको पृथ्वी राजमार्गको धेरैजसो खण्डको यात्रा पनि सहज हुन थालेको जनाउँदै संयोजक सुवेदीले पाहुनाहरुलाई नेपाली नयाँ बर्ष मनाउन पोखरा आउन आव्हान गरे।

निकट भविश्यमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अन्य राष्ट्र जोड्ने गरी उडान हुने तयारी भइरहेको आफूहरुलाई जानकारी प्राप्त भएको बताउँदै सुवेदीले पोखराको पर्यटनप्रति आफूहरु आसावादी भएको सुनाए।

प्रकाशित मिति: १३:४६ बजे, शुक्रबार, फागुन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्