Kathmandu Press

उपप्रधानमन्त्री सिंह र जापानी राजदूत मायदाबीच भेटवार्ता

शहरी विकास मन्त्रालयमा शुक्रबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ। 
उपप्रधानमन्त्री सिंह र जापानी राजदूत मायदाबीच भेटवार्ता
Hardik ivf

काठमाडौं, फागुन ९ : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि जापानी राजदूत तोरु मायदाबीच  शिष्टाचार भेटवार्ता भएको छ। 

शहरी विकास मन्त्रालयमा शुक्रबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ। 

मन्त्री सिंहसँगको भेटमा नेपाल र जापानबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको भेटपछि नेपालस्थित जापानी राजदूतावासले जनाएको छ।
 
प्रकाशित मिति: १३:४१ बजे, शुक्रबार, फागुन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्