माधव नेपाल भन्छन्– एमाले विभाजन जायज थियो, त्याे पुष्टी हुँदैछ
एमाले फुटाउन जायज थियो भन्ने दिनदिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेको पनि उनले बताए। उनले एमाले छाडेर नयाँ पार्टी बनाउँदाा गौरवबोध भएको बताए।
काठमाडौं, फागुन ९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले विभाजन जायज भएको बताएका छन्।
पार्टीको केन्द्रिय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता नेपालले एमाले फुटाएर सही र जायज गरेको बताएउँदै त्यो दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह रहेको उल्लेख गरे।
एमाले फुटाउन जायज थियो भन्ने दिनदिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेको पनि उनले बताए। उनले एमाले छाडेर नयाँ पार्टी बनाउँदाा गौरवबोध भएको बताए।
नेकपा एसको स्थापना कम्युनिष्ट आन्दोलनको रक्षा गरेर अगाडि बढाएर लैजानका लागि र आफ्नो क्रान्तिकारी दायित्व पूरा गर्न भएको बताए।
सोही सम्बोधनका क्रममा अध्यक्ष नेपालले नेकपा एस अन्य कुनै पार्टीसँग एकता नहुने बताउँदै एकताको हल्ला निराधार भएको बताए। उनले यस्ता कुप्रचारहरूको भ्रममा नपर्न सबैलाई आग्रह गरे।
नेपालले समाजवादी पार्टीलाई नै बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए।












