Kathmandu Press

भक्तपुरमा तीन मोटरसाइकल आपसमा ठोक्किए, १ जनाको मृत्यु, २ घाइते

सो दुर्घटनमा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 
भक्तपुरमा तीन मोटरसाइकल आपसमा ठोक्किए, १ जनाको मृत्यु, २ घाइते

काठमाडौं, फागुन ९ : भक्तपुरमा तीन मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार राति सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा विपरीत दिशाबाट आएका तीन मोटरसाइकल ठोक्किएर दुर्घटनामा परेका हुन्।

Hardik ivf

सो दुर्घटनमा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

 दुर्घटनामा एअन्य दुई जना घाइते भएका छन्। जसमध्ये भक्तपुर अस्पतालमा उपचार गराइरहेका सूर्यविनायक–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ।

अर्का घाइते रामेछाप मन्थली–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १२:३७ बजे, शुक्रबार, फागुन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्