प्रधानमन्त्रीलाई बालेनको आग्रह– नेपाली भएर बाच्ने आधार त दिनुस्
‘प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्?,’ उनले लेखेका छन्।
काठमाडौं, फागुन ९ : आफूलाई नेपाली भएर बाँच्ने आधार दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन्।
शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका छन्।
‘प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्?,’ उनले लेखेका छन्।
यसअघि गएराति नै उनले स्टाटस लेख्दै बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गरेका थिए।
प्रकाशित मिति: ११:४९ बजे, शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार