Kathmandu Press

नेपाल प्रहरीमा ३९३ जनाका लागि खुल्यो जागिर 

प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागेको हो।
नेपाल प्रहरीमा ३९३ जनाका लागि खुल्यो जागिर 

काठमाडौं, फागुन ९ : नेपाल प्रहरीले जागिर खुलाएको छ। 

नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको हो। 

प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो।

प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना आवश्यक परेको सूचनामा जनाइएको छ। 
 

प्रकाशित मिति: ११:४२ बजे, शुक्रबार, फागुन ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्