Kathmandu Press

जनकपुरको एक सुधार केन्द्रमा युवकको मृत्यु

मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादव रहेका छन्। दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका यादवको बुधबार साँझ निधन भएको हो।
जनकपुरको एक सुधार केन्द्रमा युवकको मृत्यु

धनुषा, फागुन ९ : जनकपुरधामस्थित किशोरी फाउन्डेसनको सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादव रहेका छन्। दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका यादवको बुधबार साँझ निधन भएको हो।

Hardik ivf

लागुपदार्थ दुव्र्यसनीमा संलग्न राजकुमारलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान जनकपुरधामकै एक निजी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा राजकुमारको अवस्था सामान्य भएपछि डिस्चार्ज गरेको थियो। 

साँझ फेरि समस्या भएपछि सुधार केन्द्रले राजकुमारलाई प्रादेशिक अस्पताल लैजाँदा उनको मृत्यु भइसेको प्रादेशिक अस्पतालका आकस्मिक कक्षका इन्चार्ज शरद यादवले जानकारी दिए।

मृतक राजकुमारको परिवारजनले सुधार केन्द्रमा अत्यधिक औषधि खुवाइएकै कारण मृत्यु भएको आरोप लगाएका छन्।

यता धनुषा प्रहरीले पोस्टमार्टम रिर्पोट आएपछि मात्र केही भन्न सकिने प्रतिक्रिया दिएको छ। धनुषा प्रहरीका अनुसार राजकुमारको पोस्टमार्टम बिहीबार भइसकेको छ भने रिपोर्ट आउन बाँकी रहेको छ।
 

प्रकाशित मिति: ११:३८ बजे, शुक्रबार, फागुन ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्