Kathmandu Press

प्रदेश खबरको वार्षिकोत्सवमा १३ जनालाई अवार्ड, १२ जना सम्मानित

जसमा ‘कोशी एक्सिलेन्स अवार्ड’मा १३ विधाका व्यक्तिहरूलाई विभूषित गरिएको छ ।  शिक्षा विधातर्फ प्राडा टंकप्रसाद न्यौपाने, स्वास्थ्य विधातर्फ डा. ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ विष्णु निष्ठुरी, साहित्य विधातर्फ झमक घिमिरे, सामाजिक विधातर्फ गीता गौतमलाई अवार्ड प्रदान गरिएको हो ।
प्रदेश खबरको वार्षिकोत्सवमा १३ जनालाई अवार्ड, १२ जना सम्मानित

इटहरी, फागुन ९ : नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गरेको छ । उक्त अवसरमा बुधबार साँझ इटहरीस्थित सोल्टी वेस्टेन्डमा एक भव्य समारोह आयोजना गरिएको थियो । 

जसमा ‘कोशी एक्सिलेन्स अवार्ड’मा १३ विधाका व्यक्तिहरूलाई विभूषित गरिएको छ ।  शिक्षा विधातर्फ प्राडा टंकप्रसाद न्यौपाने, स्वास्थ्य विधातर्फ डा. ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ विष्णु निष्ठुरी, साहित्य विधातर्फ झमक घिमिरे, सामाजिक विधातर्फ गीता गौतमलाई अवार्ड प्रदान गरिएको हो ।

यस्तै, कृषि तथा महिला उद्यम विधाबाट शान्ता बास्कोटा, खेलकुद विधातर्फ दिलीप राई, बैंकिङ बिधातर्फ ज्ञानेन्द्रप्रसाद ढुंगाना, पर्यटन विधातर्फ भविष श्रेष्ठ, सूचना तथा प्रविधि विधातर्फ राजन लम्साल, कर्पोरेट विधाबाट महेश जाजु, युवा उद्यम विधाबाट पारस लुनियाँ र स्टार्टअप विधामा आयुष भगतलाई अवार्ड प्रदान गरिएको हो ।

Hardik ivf

वरिष्ठ भाषाविद् प्राडा न्यौपाने नेपाल बाहिर भएका कारण उनको अवार्ड डा. टोलानाथ काफ्लेले ग्रहण गरे । यसैगरी साहित्यकार घिमिरेको स्वास्थ्य अवस्था कमजोर भएका कारण उनको अवार्ड शिक्षासेवी लेखनाथ घिमिरेले ग्रहण गरे । यसैगरी युवा उद्यमी पारस लुनियाँ नेपाल बाहिर भएका कारण उनका प्रतिनिधि कपिल रेग्मीले अवार्ड ग्रहण गरेका थिए । 

१३ जनालाई नै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ट्रफी र विभूषण पत्र हस्तान्तरण गरे । यसैगरी वार्षिकोत्सवको अवसर पारेर १२ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला, श्रमजीवी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष भीमज्वाला राई छन् ।

यस्तै, इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकमारी लिम्बू (दहाल), अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री, शिक्षासेवी चन्द्र भण्डारी, टाइम्स पब्लिकेशनका पुरुषोत्तम दाहाल, नेपालमा सबैभन्दा अग्ला व्यक्तिका रूपमा परिचय स्थापित गराउने राजन अधिकारी र पर्यटन व्यावसायी सुनील भुसाल रहेका छन् । यस्तै, संस्थाहरू कामधेनु दूग्ध विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष यादव ढकाल, माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेल र नव दृष्टि आँखा अस्पतालका विजय गौतमलाई सम्मान गरिएको हो ।

कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार अवार्ड प्राप्त गर्ने व्यक्तिका लागि निर्णायक समिति समेत चयन गरिएको थियो । उक्त समितिले सिफारिस गरेका आधारमा छनोट गरिएको उनले जनाए । साथै, सोही कार्यक्रमको अवसर पारेर सुनसरीका तीन सय जना सञ्चारकर्मीहरूको एनएलजी इन्स्योरेन्ससँग निःशुल्क दुर्घटना बीमाका लागि सम्झौता हस्तान्तरण गरियो । एनएलजी इन्स्योरेन्स इटहरीका वरिष्ठ अधिकृत भेषराज थापालाई सञ्चारकर्मीको नामावली बुझाइएको थियो । 

‘सञ्चारकर्मीहरू जहिल्यै पनि अफ्टयारोमा पर्ने र सुरक्षाका सवालमा राज्यले पनि काम नगरिरहेको अवस्थामा हामीले दुर्घटना बीमा गरेका हौँ,’अधिकारीले भने, ‘सुनसरीका सञ्चारकर्मी र प्रदेश खबरका विभिन्न जिल्लाका केही संवाददातासहित जम्मा तीन सय जनाको दुर्घटना बीमाका लागि सम्झौता गरेका हौँ ।’ उनका अनुसार बीमा सम्झौता एक वर्षको रहनेछ । यसबीचमा कोही दुर्घटना परिहालेको अवस्थामा एक लाख रुपैयाँसम्म उपचार खर्च प्राप्त गर्न सकिने उनले जनाए । 

साथै, कार्यक्रममा सम्मानित व्यक्तिबाट पूर्व मुख्यसचिव लीलादेवी गड्तौलाले सम्बोधन गरेकी थिइन् भने अवार्ड प्राप्त गर्ने व्यक्तिबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका विष्णु निष्ठुरीले सम्बोधन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्बोधन गर्दै प्रदेश खबरले विभिन्न विधाका १३ जनालाई अवार्ड प्रदान गर्नु आफैँमा सकारात्मक रहेको बताए ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारहरूको निःशुल्क दुर्घटना बीमा गरेकोप्रति खुशी व्यक्त गरे । ‘संघीय सरकारले देशभरबाट जम्मा ७७ जनाको स्वास्थ्य बीमा गरेको छ । तर, एउटा मिडिया हाउसले तीन सयजनाको दुर्घटना बीमा गर्नु भनेको सरकारलाई चुनौती हो,’उनले भने, ‘पत्रकारहरूको सुरक्षाका सवालमा राज्य गम्भीर हुनुपर्छ भनेर महासंघले पटकपटक छलफल गरेपनि लागू भएको छैन ।’ 

प्रकाशित मिति: ०७:५० बजे, शुक्रबार, फागुन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्