Kathmandu Press

स्ववियू चुनावमा भाग नलिने रास्वपाको निर्णय

रास्वपाले शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकाले स्ववियू निर्वाचनमा भाग नलिने जनाएको हो। 
स्ववियू चुनावमा भाग नलिने रास्वपाको निर्णय

काठमाडौं, फागुन ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्रिभूवन विश्वविद्यालय र यसका आंगिक क्याम्पसहरूमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा भाग नलिने निर्णय गरेको छ। 

बिहीबार बसेको सचिवालय बैठकले स्ववियू चुनावमा भाग नलिने निर्णय गरेको कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले सार्वजनिक गरेको बैठकका निर्णयमा उल्लेख छ। 

रास्वपाले शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकाले स्ववियू निर्वाचनमा भाग नलिने जनाएको हो। 

'स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विशुद्ध विद्यार्थीहरु मात्र संलग्न हुनुपर्ने, शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकोले उक्त निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार नहुनेसाथै पार्टीको कुनै संलग्नता समेत रहने छैन,' रास्वपाको निर्णयमा भनिएको छ।

स्ववियू चुनावलाई स्वस्थ रुपमा सञ्चालन गर्न सम्बन्धित सबैमा रास्वपाले अपील पनि गरेको छ। 

स्ववियू निर्वाचन आगामी चैत ५ गते हुने तय भएको छ। 

प्रकाशित मिति: २१:१३ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्