Kathmandu Press

अन्तर्राष्ट्रि महिला च्याम्पियनपिसप : कीर्तिस्थानमाथि जित निकाल्दै म्यानमार फाइनल नजिक

प्रतियोगितामा म्यानमारको यो लागतार दोस्रो जित हो। उसले पहिलो खेलमा लेबनालाई ३–१ले हराएको थियो। लागतार दोस्रो जितसँगे म्यानमार प्रतियोगिताको फाइनल नजिक पुगेको छ।
अन्तर्राष्ट्रि महिला च्याम्पियनपिसप : कीर्तिस्थानमाथि जित निकाल्दै म्यानमार फाइनल नजिक

काठमाडाैं, फागुन ८ : काठमाडौंमा जारी चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमार विजयी भएको छ। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लेबनानले कीर्गिस्तानमाथि ५–०को फराकिलो जित निकाल्यो।

म्यानमारका लागि युन वाडी र मे लुको समान २ गोल गर्दा सान्डर लिनले एक गोल गरिन्। 

खेल पूर्णतः म्यानमारको नियन्त्रणमा थियो र उसले पहिलो हाफमै चार गोल गरेको थियो। वाडीले दोस्रो मिनेटमै गोलको खाता खोलिन् र ४१ औं मिनेटमा दोस्रो गोल थपिन् । लुले भने ३६ र ५९ औं मिनेटमा गोल गरिन्। त्यसबीच ३० औं मिनेटमा सान्डर लिनले पनि एक गोल गरिन्।

प्रतियोगितामा म्यानमारको यो लागतार दोस्रो जित हो। उसले पहिलो खेलमा लेबनालाई ३–१ले हराएको थियो। लागतार दोस्रो जितसँगे म्यानमार प्रतियोगिताको फाइनल नजिक पुगेको छ। अहिले जारी खेलमा नेपालले लेबनानलाई हराएर वा बराबरी भए १ खेल अवागै म्यानमार फाइनल पुग्ने छ। 

यता, लागतार दोस्रो हार व्यहोरेको कीर्गिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा ऊ नेपालसँग १–०ले पराजित भएको थियो।
 

प्रकाशित मिति: १८:२६ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्