Kathmandu Press

ताप्लेजुङमा प्रहरी र ‘नो केबलकार समूह’बीच झडप

पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको सो समूहले बिहीबार निकालेको पदयात्रा केबलकार निर्माणस्थलतर्फ जाने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।
ताप्लेजुङमा प्रहरी र ‘नो केबलकार समूह’बीच झडप

ताप्लेजुङ, फागुन ८ : ताप्लेजुङमा प्रहरी र नो केबलकार समूहबीच झडप भएको छ।

पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको सो समूहले बिहीबार निकालेको पदयात्रा केबलकार निर्माणस्थलतर्फ जाने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।

बिहीबार दिउँसो भएको झडप नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको थियो। झडपमा ११ प्रहरी तथा १ जना प्रदर्शनकारी घाइते भएको बताइएको छ।

पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन गर्दै आएको छ।

प्रकाशित मिति: १८:०३ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्