Kathmandu Press

देशको आर्थिक अवस्था सुखद छैन : गृहमन्त्री लेखक

उनले पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाबमा परेको भन्दै मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए। 
देशको आर्थिक अवस्था सुखद छैन : गृहमन्त्री लेखक

काठमाडौं, फागुन ८ : गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था सुखद नरहेको बताएका छन्। 

बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाबमा परेको भन्दै मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए। 

Hardik ivf

‘पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाब परेको छ। मुलुकको आर्थिक स्थिती सुखद नरहेको अवस्था छ,’ उनले भने, ‘केही समय यतादेखि हामी देशको आर्थिक अवस्थालाई सुधार तर्फ लिएर जाने र मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने काममा लागेका छांै र त्यो काम गर्न चाहान्छौं।’

गृहमन्त्री लेखकले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्नको लागि वर्तमान सरकार बनेको बताए। 

‘अहिले नयाँ सरकार गठन गर्नको लागि नयाँ समिकरण बनायौं। नेपाली काङ्ग्रेस र नेकपा एमालेका बीचमा ७ बुँदे सहमती भयो, नयाँ समिकरण भयो र त्यसको आधारमा अहिलेको सरकार बनेको छ जसले सात महिना सम्पन्न गरेको छ,’ उनले भने, ‘यो सरकार बिग्रिदो आर्थिक अवस्थालाई सुधार गर्दै मुलुकलाई समृद्धि तर्फ लैजाने उद्देश्यका साथ यो सरकार बनेको हो। मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्नको लागि वर्तमान सरकार बनेको हो।’
 

प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, फागुन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्