Kathmandu Press

नागरिकता ऐन विधेयकमा ३६ वटा संशोधन प्रस्ताव

सरकारले ल्याएको विधेयकमाथि प्रतिनिधिसभामा सामान्य छलफलपछि गत आइतबार ७२ घण्टाको संसोधन प्रस्ताव राख्ने समय उपलब्ध गराइएको थियो। 
नागरिकता ऐन विधेयकमा ३६ वटा संशोधन प्रस्ताव

काठमाडौं, फागुन ८ : संसद सचिवालयमा नागरिकता ऐन संशोधन विधेयकमा ३६ वटा संशोधन प्रस्ताव परेको छ। 

सरकारले ल्याएको विधेयकमाथि प्रतिनिधिसभामा सामान्य छलफलपछि गत आइतबार ७२ घण्टाको संसोधन प्रस्ताव राख्ने समय उपलब्ध गराइएको थियो। 

उक्त समयभित्र सांसदहरूका ३६ वटा संशोधन परेका हुन्। 

प्रतिनिधिसभाको सोमबारको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको थियो। निर्धारित समयभित्र ३६ वटा संशोधन प्रश्ताव दर्ता भएको छ। 

प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्