नेकपा एसको कार्यालमा सापकोटालाई अन्तिम श्रद्धाञ्जली
सापकोटाको पार्थिव शरीरमा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताले पार्टीको झण्डा ओढाएर सम्मान गरे।
काठमाडौं, फागुन ८ : संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटालाई अन्तिम श्रद्धाञ्जली दिइएको छ।
बिहीबार बिहान निधन भएका सापकोटालाई एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा अन्तिम श्रद्धाञ्जली दिइएको हो।
सापकोटाको पार्थिव शरीरमा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताले पार्टीको झण्डा ओढाएर सम्मान गरे।
सापकोटालाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खानाल, महासचिव घनश्याम भुसाललगायत दलका अन्य नेता–कार्यकर्ताहरूले पनि श्रद्धाञ्जली अर्जण गरेका थिए।
स्वर्गिय सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पभएको छ। सापकोटा लामो समय एमाले काभ्रेपलाञ्चोकको सचिवको जिम्मेवारीमा रहेर काम गरेका थिए।
एमाले फुटेपछि उनी नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह–इन्चार्ज बनेको थिए। उनी २०७० को संविधानसभा निर्वाचनमा काभ्रे– ४ बाट निर्वाचित भएका थिए।
यसैबीच, सापकोटाको निधनका कारण बिहीबार बस्ने भनिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पनि स्थगित भएको जनाइएको छ ।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

