Kathmandu Press

पोखराका मेयर आचार्य डिस्चार्ज

घाइते आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले डिस्चार्ज गरेको हो। 
पोखराका मेयर आचार्य डिस्चार्ज

काठमाडौं, फागुन ८ : पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य किर्तिपुरस्थित बर्न अस्पतालबाट बिहीबार डिस्चार्ज भएका छन्। 

मेयर आचार्य पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा हइड्राृजन ग्यासले भरिएको बेलुनमा आगालागी हुँदा जलेर घाइते भएका थिए। 

घाइते आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले डिस्चार्ज गरेको हो। 

सोही कार्यक्रममा जलेर घाइते बनेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल यसअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। 

मेयर आचार्यले सामाजिक सञ्जालमार्फत आज अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी गराएका छन्। उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन्। 

यस्तै, ‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन साथ, सहयोग, र सुझावका लागि पनि आग्रह गरेका छन्।


 

प्रकाशित मिति: १५:०३ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्