Kathmandu Press

सात महिनामा ८६१ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा

व्यापार घाटामध्ये भारत र चीनसँगको अंक बढी छ। भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले भारतबाट ५९६ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ भने निर्यात मात्र ९८ अर्ब रुपैयाँ भएको छ। 
सात महिनामा ८६१ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा

काठमाडौं, फागुन ८ : चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो सात महिनाको तथ्यांकअनुसार नेपालले ८६१ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा व्योहोरेको छ।

व्यापार घाटामध्ये भारत र चीनसँगको अंक बढी छ। भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले भारतबाट ५९६ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ भने निर्यात मात्र ९८ अर्ब रुपैयाँ भएको छ। 

तथ्याङ्क अनुुसार भारतसँग मात्र नेपालको व्यापार घाटा ४९८ अर्ब रुपैयाँ पुगेको छ। यस्तै, चीनबाट भने नेपालले १९२ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात गरेको छ । तर निर्यात भने केवल २ अर्ब रुपैयाँमा सीमित देखिएको छ। चीनसँगको व्यापार घाटा १९० अर्ब रुपैयाँभन्दा बढी छ। 

यस अवधिमा अमेरिकाबाट १४ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ । अमेरिकामा निर्यात १० अर्ब रुपैयाँ नाघेको छ। जर्मनीबाट ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ भने निर्यात २ अर्ब ५१ करोड रुपैयाँ छ। 

सात महिनाको अवधिमा १५९ भन्दा बढी देशसँग कारोबार भएको विभागको तथ्याङ्कले देखाएकने छ।

प्रकाशित मिति: १४:५९ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्