Kathmandu Press

पाठेघरको मुखको क्यान्सरविरुद्ध ९५ प्रतिशत किशोरीले खोप लगाए 

खोप लगाउने बालिकाको यो संख्या ९२ प्रतिशत हो। गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म जारी अभियानमा बालिकाले खोप लगाएका हुन्।  
पाठेघरको मुखको क्यान्सरविरुद्ध ९५ प्रतिशत किशोरीले खोप लगाए 

काठमाडौं, फागुन ८ : पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियानअन्तरगत लक्षितमध्ये १४ लाख ४० हजार किशोरीले खोप लगाएका छन्।

खोप लगाउने बालिकाको यो संख्या ९२ प्रतिशत हो। गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म जारी अभियानमा बालिकाले खोप लगाएका हुन्।  

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार दुई सातामा १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ७६८ बालिकालाई एचपीभी खोप दिने लक्ष्य रहेको थियो। 

हिमाली जिल्लामा भारी हिमपातका कारण हुम्ला, डोल्पा, मनाङ र मुस्ताङ खोप अभियान सञ्चालन भएको छैन। ती चार जिल्लामा फागुन तेस्रो र चौथो साता खोप दिने तयारी गरिएको छ। 
 
प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्