Kathmandu Press

सरकारले प्रभावकारी काम गर्न नसके देश अप्ठ्यारोमा पर्छ : नेता कोइराला 

‘१५औं महाधिवेशन विधान अनुसार समयमै नगरे पार्टीको अवस्था झन् नाजुक हुन्छ । २०८२ साल मंसिरमा गर्नुपर्ने महाधिवेशन कुनै पनि बहानामा पछि धकेल्न मिल्दैन,’ उनले भने। 
सरकारले प्रभावकारी काम गर्न नसके देश अप्ठ्यारोमा पर्छ : नेता कोइराला 
फाइल तस्बिर।

सुर्खेत, फागुन ८ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस–एमाले नेतृत्वको गठवन्धन सरकारले प्रभावकारी काम गर्न नसके देश थप अफ्ठ्यारोमा पर्ने भनाई राखेका छन्। 

बिहीबार सुर्खेत विमानस्थलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले यस्तो भनाई राखेका हुन्। 

उनले मुलुकमा सुशासन र आर्थिक अवस्थामा सुधार हुन नसकेको भन्दै चिन्ता समेत व्यक्त गरे। अर्को एक प्रसङगमा कोइरालाले समयमै कांग्रेसको महाधिवेशन गर्ने वातावरण सुनिश्चत गर्न सबै लाग्नुपर्ने बताए।

‘१५औं महाधिवेशन विधान अनुसार समयमै नगरे पार्टीको अवस्था झन् नाजुक हुन्छ । २०८२ साल मंसिरमा गर्नुपर्ने महाधिवेशन कुनै पनि बहानामा पछि धकेल्न मिल्दैन,’ उनले भने। 

नेता कोइरालाले कांग्रेस आजका दिनसम्म एक ढिक्का रहेको समेत बताए। महाधिवेशन समयमा नभए पार्टीलाई क्षति गर्ने उनको भनाई थियो। 

प्रकाशित मिति: १४:०७ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्