Kathmandu Press

विपिन जोशीबारे इरानका परराष्ट्र मन्त्रीसँग कुरा भएको छ : परराष्ट्रमन्त्री डा.राणा

‘इरानको परराष्ट्रमन्त्रीसँग पनि कुरा गरेँ। त्यहाँ विपिन जोशीको नै बारेमा मूल छलफल भएको थियो। उहाँले पनि म प्रयास गर्छु तर अझै पनि तपाईहरुको र थाईको एक जनाको अवस्थाको बारेमा राम्रो जानकारी आएको छैन,’ उनले भनिन्, ‘केही सूचनाहरु मागेका छौं र गम्भीर भएर लागेका छौं भन्नुभएको छ। यही कुरा कतारको प्रतिनिधिहरुले पनि गर्नु भएको थियो।’
विपिन जोशीबारे इरानका परराष्ट्र मन्त्रीसँग कुरा भएको छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं, फागुन ८ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्र मन्त्रीसँग विपिन जोशीको अवस्थाबारे छलफल भएको बताएकी छन्। 

बिहीबार ओमानबाट फर्कने क्रममा त्रिभुव अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले इरानका परराष्ट्र मन्त्रीले विपिन जोशीको बारेमा गम्भिर भएर लागेको जानकारी गराएको बताइन्। 

Hardik ivf

‘इरानको परराष्ट्रमन्त्रीसँग पनि कुरा गरेँ। त्यहाँ विपिन जोशीको नै बारेमा मूल छलफल भएको थियो। उहाँले पनि म प्रयास गर्छु तर अझै पनि तपाईहरुको र थाईको एक जनाको अवस्थाको बारेमा राम्रो जानकारी आएको छैन,’ उनले भनिन्, ‘केही सूचनाहरु मागेका छौं र गम्भीर भएर लागेका छौं भन्नुभएको छ। यही कुरा कतारको प्रतिनिधिहरुले पनि गर्नु भएको थियो।’

परराष्ट्रमन्त्री डा. राणाले ओमानसँग कागजको बिक्रीलाई व्यवसायिक गर्ने र पर्यटकको क्षेत्रलाई सुधार गर्ने बारेमा दुईवटा एमओयुहरू साइन भएको पनि बताइन्। 

‘हामीले ओमानसँग दुईवटा एमओयुहरु पनि साइन गरेका छौं। एउटा हाम्रो कागजहरुलाई कसरी वक्री र व्यवसायिक गर्ने भन्ने कुरामा आउने दिनमा काम हुन्छ होला र अर्को पर्यटकको क्षेत्रमा पनि एमओयू गरेका छौं,’ उनले भनिन्, ‘पर्यटकको क्षेत्रमा नेपालसँग एकदमै नजिक भएर काम गर्न मन भएको कुरा पनि राख्नुभएको छ।’ 

नेपालबाट डाक्टर, इन्जिनियरहरु जस्तो मानिस पनि बाहिर गएर श्रमिकको रुपमा काम गर्नुपर्ने अवस्था पनि थाहा भएको बताउँदै उनले यसबारे पनि श्रम मन्त्रालयसँग बसेर कुरा गर्ने उल्लेख गरिन्। 

उनले घरेलु कामदारको रुपमा महिलाहरू जाने विषयलाई पुनः विचार गरेर एउटा टिम बनाएर फिल्ड रिसर्च गरेर नै काम गर्ने पनि बताइन्।  

परराष्ट्रमन्त्री ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओमान भ्रमणका लागि गएकी थिइन्। 
 
प्रकाशित मिति: १३:१५ बजे, बिहीबार, फागुन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्