Kathmandu Press

देउवाको भारत भ्रमण रद्द

‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा देउवा जने तय थियाे, तर अन्तिम समयमा भ्रमण रद्द
देउवाको भारत भ्रमण रद्द

काठमाडौं, फागुन ८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत नजाने भएका छन्।

प्रयागराजमा चलिरहेको महाकुम्भका आवसरमा इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा सहभगाी हुन सभापति देउवा भारत जाने तय भएको थियो। 

अन्य विभिन्न देशका व्यक्तिहरु सहभागी हुने उक्त कार्यक्रममा समिटमा देउवालाई वक्ताका रुपमा बोलाइएको थियो। उनी भारत जाने तयारीमा थिए। तर, अन्तिम समयमा देउवाका भ्रण रद्द भएको हो।

समिट शुक्रबार र शनिबार हुँदैछ। कार्यक्रममा देउवा सहभागी नहुने निश्चित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। 

प्रकाशित मिति: १२:४९ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्