प्रधानमन्त्री ओली पोखरामा
उनी पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा सहभागी हुन पोखरा गएका हुन्।
कास्की, फागुन ८ : प्रधानमन्त्री केपी ओली पोखरा पुगेका छन्। प्रधानमन्त्री ओली बिहान करिब साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत पोखरा पुगेका हुन्।
उनी पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा सहभागी हुन पोखरा गएका हुन्। दीक्षान्त समारोह ढुंगेपाटनमा केहीबेरअघिबाट सुरु भएको छ।
प्रधानमन्त्री ओली सोही हेलिकोप्टरमा दिउँसो ३ बजे काठमाडौं फर्किने तालिका छ।
प्रकाशित मिति: ११:४६ बजे, बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

