सर्वोच्चको फैसला– ज्ञानेन्द्र शाहीलाई आजै छाड्नु
काठमाडौं, वैशाख १६ : सर्वोच्च अदालतले ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीलाई आजै छाड्न आदेश दिएको छ।
शाहीले अभद्र व्यवहार गरेको भन्दै ....

काठमाडौं, वैशाख १६ : सर्वोच्च अदालतले ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीलाई आजै छाड्न आदेश दिएको छ।
शाहीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको थियो। तर शाहीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उनको रिटको सुनुवाइ गदै सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको संयुक्त इजलासले रिट जारी हुने फैसला गरेको हो।
‘संक्रामक रोग ऐन २०२० सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको सोही अनुसार थुनुवा पुर्जी दिएको देखियो,’ सर्वोच्चको फैसलमा भनिएको छ,‘ तर म्याद थप हुँदाको अवस्थामा अभद्र व्यवहार तर्फको कसुर भनी म्याद थप भएको देखिन आयो।’
सर्वोच्चले उनलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने कारण तथा अवस्था नदेखिएको पनि भनेको छ। फैसलामा भनिएको छ, ‘कुनै पनि नागरिकले केही कुरामा असहमति जनाउनु र आफ्ना कुरा व्यक्त गर्नु आफैमा विचरणिय प्रश्न रहेको सन्दर्भमा प्रक्रिया पुरा नगरी भएको कार्यले कानुनी मान्यता प्राप्त गर्न सक्ने देखिएन।’ उनलाई सर्वोच्च अदालतको रजिष्ट्रारको रोहबरमा आजै थुनामुक्त गर्न भनिएको छ।

-1792762148.jpeg)





-1792762148.jpeg)



