Kathmandu Press

संविधानसभा सदस्य विदुर सापकोटाको निधन

काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो।
संविधानसभा सदस्य विदुर सापकोटाको निधन

काठमाडौं, फागुन ८ : संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। यही फागुन ४ गते उनी उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थिए।

उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए। यसैगरी केन्द्रीय कमिटीको आज बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ।

पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज सापकोटाकोनिधन भएकाले बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको छ।

प्रकाशित मिति: ११:०३ बजे, बिहीबार, फागुन ८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्