Kathmandu Press

गोलकिपर विशाल श्रेष्ठलाई चितवनले रिटेन गर्‍यो

अघिल्लो सिजन मार्की खेलाडी रहेका विशाललाई नयाँ सिजनका लागि चितनवले रिनेट गरेको हो। 
गोलकिपर विशाल श्रेष्ठलाई चितवनले रिटेन गर्‍यो

काठमाडाैं, फागुन ७ : गोलकिपर विशाल श्रेष्ठले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) एफसी चितवनबाटै खेल्ने भएका छन्। 

अघिल्लो सिजन मार्की खेलाडी रहेका विशाललाई नयाँ सिजनका लागि चितनवले रिनेट गरेको हो। 

Hardik ivf

यो सिजन उनी चितवनको मार्की खेलाडी भने होइनन्। चिवतनले नयाँ सिजनका लागि मार्की खेलाडीका रुपमा स्टार स्ट्राइकर अञ्जन विष्टलाई अनुबन्धन गरेको छ।

विशाल श्रेष्ठ लामो सयम राष्टि«य टिममा रहेका थिए। उनले सन् २०२१मा भारतविरूद्ध डेब्यूको अवसर पाएका थिए। तर, केही मिनेट मात्रै। त्यही खेल उनको राष्ट्रिय टिमका लागि अन्तिम खेल थियो।

सधैं किरण चेम्जोङको छायाँमा परेका उनले सन् २०२३मा राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरेका थिए। अल्घिलो संस्करणको अन्तिम खेलमा झापा एफसीविरुद्ध जित हात पारेपछि विशालले सन्न्यासको घोाषणा गरेका थिए। 

राष्ट्रिय टिमबाट आफ्नो क्षमाता देखाउन नपाएपनि क्लब फुटबलमा उनको प्रदर्शन अब्बल छ। क्लब फुटबल उनले थ्री स्टार, मनाङ मर्स्याङ्दी, मछिन्द्रबाट खेलेका छन्। उनले मछिन्द्र र मनाङ दुवैबाट ए डिभिजन लिग जितेका छन्। 

पछिल्लो एक दशकमा उनी घरेलु फुटबलका नम्बर गोल किपर हुन्। 

प्रकाशित मिति: १९:२८ बजे, बुधबार, फागुन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्