Kathmandu Press

राजाहरुबाट भएको योगदानलाई अवमूल्यन गरेर प्रजातन्त्र सुदृढ हुँदैन: कमल थापा

राजाहरुबाट भएको योगदानलाई अवमूल्यन गरेर प्रजातन्त्र सुदृढ हुँदैन: कमल थापा

काठमाडौं, फागुन ७ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विगतमा राजाहरुबाट भएको योगदानलाई अबमूल्यन गर्ने प्रवृत्तिले राष्ट्र विकास र प्रजातन्त्र सुदृढ हुन नसक्ने बताएका छन्।

बुधबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले षड्यन्त्र पूर्वक नै भएपनि राजसंस्थालाई पाखा लगाएको भन्दै राजसंस्थाबाट भएको कामलाई अवमूल्यन गर्न नहुने बताए।

Hardik ivf

उनले भने, ‘अहिलेका नेताहरुले के बुझ्नु पर्छ भने कि हिजोको इतिहास मेटाउन खोज्दा भोलिको दिनमा नयाँ पीडिले अहिलेका नेताहरुको इतिहासलाई पनि मेटाई दिनेछन्। राज संस्था रहोस, नरहोस् अहिले प्राविधिक रुपमा षड्यन्त्रपूर्वक नै भएपनि राजसंस्था पाखा लगाइएको अवस्था छ। तर विगतमा राजाहरुबाट भएको योगदानलाई अवमूल्यन गर्ने प्रवृत्तिले कहिले पनि राष्ट्रलाई फाइदा हुँदैन।  विकास र प्रजातन्त्र सुदृढ हुन सक्दैन।’

उनले २०६२/०६३ को राजनीतिक परिवर्तनपछि राजा र जनताबीचको एकता र साझेदारीको धागोलाई चुडाउने काम भएको भन्दै त्यसको परिणाम स्वरुप राजनीतिक परिवर्तन भएको १८ वर्ष पछाडि पनि देश संकटै संकटको चक्रब्यूहमा फसेको बताए।

उनले भने, ‘नेपालको स्वतन्त्र पहिचानको निर्माण र नेपालको आधुनिकीकरण, सामाजिक आर्थिक रुपान्तरणको जग हाल्ने काम राजा र जनताको साझा प्रयासबाट नै भएको हो। यो कुरालाई आजको पिँडीले नजरअन्दाज गर्नु हुँदैन। २०६२/०६३ को राजनीतिक परिवर्तनपछि राजा र जनताबीचको एकता र साझेदारीको धागोलाई चुडाउने काम भयो, जसको परिणामस्वरुप राजनीतिक परिवर्तन भएको १८ वर्ष पछाडि पनि देश संकटै संकटको चक्रब्यूहमा फसेको छ।’

सरकारले देशमा राम्रो शिक्षा र रोजगारीको अवसर सिर्जना गर्न नसकेको कारण लाखौंको संख्यामा युवाहरु विदेश पलायन हुनु अहिलेको सबैभन्दा ठूलो संकट भएको पनि उनको भनाइ छ।

 

प्रकाशित मिति: १८:१५ बजे, बुधबार, फागुन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्