Kathmandu Press

वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाऔं : प्रधानन्यायाधीश

‘यदि वर्तमानलाई समृद्ध बनाउनु छ भने हरेकले आफ्नो इतिहास बचाउनुपछ । ऐतिहासिक धरोहरलाई संरक्षण र संवद्र्धन गर्नुपर्छ,’ उनले भने, ‘ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ हुन्। यिनै धरोहरबाट भोलिको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्छ।’
वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाऔं : प्रधानन्यायाधीश
फाइल तस्बिर।

काठमाडौं, फागुन ७ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने धारणा राखेका छन्। 

प्रधानन्यायाधीश राउतले बुधबार काठमाडौँमा आयोजित नेपाल कानुन पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्दै यस्तो भनाई राखेका हुन् । उनले ऐतिहासिक धरोहरलाई संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको पनि बताए। 

‘यदि वर्तमानलाई समृद्ध बनाउनु छ भने हरेकले आफ्नो इतिहास बचाउनुपछ । ऐतिहासिक धरोहरलाई संरक्षण र संवद्र्धन गर्नुपर्छ,’ उनले भने, ‘ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ हुन्। यिनै धरोहरबाट भोलिको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्छ।’

उनले ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ भएको चर्चा समेत गर । ‘यिनै धरोहरबाट भविष्यको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्छ,’ राउतले भने। 

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालमा कानुनको पालना गराउने र कानुनी सर्वोच्चताको वकालत गर्ने संस्थाहरू कमजोर बन्दै गएको मात्र नभै अदालत जस्ता संस्थालाई बलियो बनाउन राजनैतिक प्रतिबद्धता पनि कमजोर रहेको धारणा राखे। 

‘यस्तो खालि अवस्थालाई बदनियत राख्नेहरूले प्रयोग गर्नसक्ने खतरा रहन्छ। कानुनी प्रणाली बलियो बनाएर मात्र जग बलियो हुन्छ। जग बलियो कसरि बनाउने भन्ने विषय इतिहासबाट मात्र सिक्न सकिन्छ।’

न्यायाधीश फुयालले त्यस्तो संकटको अवस्था नआए पनि त्यसको ‘फाउण्डेशन’ भने आजैबाट बनाइराख्नुपर्ने बताए । ‘हाम्रो लिगल सिस्टमको फाउण्डेशन बनाइराख्नुपर्छ। त्यो भनेको हाम्रो इतिहासको अभिलेखबाट सम्भव हुन्छ,’ न्यायाधीश फुयालको भनाई थियो। 

प्रकाशित मिति: १७:२२ बजे, बुधबार, फागुन ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्