Kathmandu Press

परराष्ट्रमन्त्री राणले ओडिसाका शिक्षामन्त्रीलाई भनिन्– प्रकृति मृत्यु प्रकरणका दोषीलाई कारबाही गरियोस्

मन्त्री राणको सचिवालयले जनाएअनुसार सुरजसँग ओडिसाको भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका नेपाली विद्यार्थीहरूलाई सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्था मिलाउन समेत आग्रह गरेकी छन्।
परराष्ट्रमन्त्री राणले ओडिसाका शिक्षामन्त्रीलाई भनिन्– प्रकृति मृत्यु प्रकरणका दोषीलाई कारबाही गरियोस्

काठमाडौं, फागुन ७ : परराष्ट्रमन्त्री डा.आरजु राणाले बुधबार भारतको ओडिसाको उच्च शिक्षामन्त्री (हायर एजुकेशन मिनिस्टर) सूर्यवंशी सुरजलाई फोन गर्दै नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेकी छन्।

परराष्ट्रमन्त्री राणाले नेपाली छात्राको हत्या प्रकरण निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेकी हुन्। मन्त्री राणको सचिवालयले जनाएअनुसार सुरजसँग ओडिसाको भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका नेपाली विद्यार्थीहरूलाई सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्था मिलाउन समेत आग्रह गरेकी छन्।

कुराकानीकाक्रममा ओडिसाको उच्च शिक्षामन्त्री सुरजले नेपाली छात्राको मृत्युको घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिँदै न्याय दिलाउन र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको बताएका थिए।

ओडिसाका मन्त्री सुरजले विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको जानकारी पनि दिएका थिए।

 

 

प्रकाशित मिति: १७:१४ बजे, बुधबार, फागुन ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्