Kathmandu Press

प्रजातन्त्र दिवसको अवसरमा गौरमा विभिन्न कार्यक्रम

गौर नगर प्रमुख साहले प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको बताए। 
प्रजातन्त्र दिवसको अवसरमा गौरमा विभिन्न कार्यक्रम

रौतहत, फागुन ७ : गौर नगरपालिकामा ७५ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको अध्यक्षतामा प्रभातफेरी, शहिदप्रति माल्यापण र झण्डा तोलन लगायतका विभिन्न कार्यक्रम गरिएको हो।

सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको उपस्थितिमा प्रभातफेरी गरिएको गौर नगरपालिकाले जनाएको छ। गौर नगर प्रमुख साहले प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको बताए। 

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय रहिरहने उनको भनाइ छ। 

Photo4-1739964252.jpg
 

गौरसहित जिल्लाका अन्य पालिका तथा विभिन्न संघ संस्थाहरुले पनि विविध कार्यक्रम गरि मनाइरहेका छन्। 

राणा शासनको अन्त्यका लागि २००७ सालको क्रान्ति सफल भई १०४ वर्ष लामो निरंकुश जहानिया शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आएको छ।
 

प्रकाशित मिति: १७:१० बजे, बुधबार, फागुन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्