Kathmandu Press

समावेशीमा नेपाल सबैभन्दा अगाडि छ : सभापति देउवा 

‘आज समावेशी लोकतन्त्र प्राप्त भएको छ। यो सम्पूर्ण नेपाली दाजुभाईहरूलाई समावेश गराउने खालको समावेशी राजनीति लागू भएको छ,’ उनले भने, ‘हाम्रो देश नेपाल सबैभन्दा अगाडि छ । ३३ प्रतिशत महिलाको आरक्षण संसारको धेरै कम देशमा होला।’
समावेशीमा नेपाल सबैभन्दा अगाडि छ : सभापति देउवा 

काठमाडौं, फागुन ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा भएको बताएका छन्। 

बुधबारबाट सुरु भएको प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त भनाई राखेका हुन्। 

‘आज समावेशी लोकतन्त्र प्राप्त भएको छ। यो सम्पूर्ण नेपाली दाजुभाईहरूलाई समावेश गराउने खालको समावेशी राजनीति लागू भएको छ,’ उनले भने, ‘हाम्रो देश नेपाल सबैभन्दा अगाडि छ । ३३ प्रतिशत महिलाको आरक्षण संसारको धेरै कम देशमा होला।’

देउवाले नेपाली कांग्रेस पूर्ण समावेशी भएको पनि बताए। उनले पार्टीमात्रै नभइ देश नै समावेशी रहेको दाबी देउवाको थियो। उनले आदिवासी जनजाती, मधेशी, थारु सबैको आरक्षण रहेको बताउँदै कांग्रेस पनि त्यसै आधारमा बसेको भनाई राखे। 

उनले भने, ‘हाम्रो पार्टी पूरा समावेशी छ । हाम्रो संविधान पूरा समावेशी छ । हाम्रो देश नै पूरा समावेशी छ।’ 

सभापति देउवाले महाधिवेशन सफलताको कामना पनि गरे । २०५३ सालमा पहिलोपटक प्रजातन्त्र सेनानी संघको अधिवेशन भए यता २५ वर्षपछि दा्स्रो महाधिवेशन हुन लागेको हो। महाधिवेशन फागुन १० गतेसम्म चल्नेछ। 

कांग्रेस भातृ सस्थाका रुपमा रहेको संघका संस्थापक अध्यक्ष कमल चित्रकार बनेका थिए । त्यसयता तदर्थ समितिमार्फत संस्था सञ्चालित छ।

प्रकाशित मिति: १६:४० बजे, बुधबार, फागुन ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्