Kathmandu Press

प्रजातन्त्रलाई सिध्याएर निरंकुश शासन चलाउने शक्ति तयार भइरहेको छ : अध्यक्ष केसी

राजनीतिक दलका नेता र सांसदले भनेको जस्तो विकास निर्माण अघि बढेको भए लाखौँ युवा जनशक्ति विदेश जानु नपर्ने अध्यक्ष केसीले बताए। उनले गाउँघर रित्तिएर उराठ लाग्दा भएकामा उनले चिन्ता व्यक्त गरे।
प्रजातन्त्रलाई सिध्याएर निरंकुश शासन चलाउने शक्ति तयार भइरहेको छ : अध्यक्ष केसी

बागलुङ, फागुन ७ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा निरंकुश शासन चलाउने शक्ति तयार भइरहेको बताएका छन्।

७५औं प्रजातन्त्र दिवसको अवसरमा बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रजातन्त्रलाई सिध्याएर देशमा निरंकुश शासन चलाउने शक्ति तयार भइरहेको आरोप लगाए। 

Hardik ivf

जनताको बलिदानीबाट स्थापना भएको प्रजातन्त्र कुनै पनि शक्तिले ढलाउन नसक्ने उनको दाबी थियो।

‘अहिले पनि कतिपय मान्छेहरुले यो लोकतन्त्र, गणतन्त्रको औचित्य छैन, यसले नेपाली जनताको गास, बासको समस्याको समाधान गर्न सकेन, त्यसकारण आवश्यक छैन भन्न थालेका छन्,’ उनले भने। उनले प्रतिगामीहरुले प्रजातन्त्रका विरुद्धमा हल्ला पिटिरहेको बताए।

अध्यक्ष केसीले प्रजातन्त्र कसैले बकस दिएको नभई नेपाली जनताले निरंकुश शासन ढालेर ल्याएको उल्लेख गरे। सत्तामा नेता आउने जाने प्रक्रिया चलिरहने र जनता सधैं स्थायी हुने उनको भनाई छ। 

यस्तै, उनले पछिल्लो समय प्रजातन्त्रमाथि कालो बादल मडारिन थालेको जिकिर गर्दै सत्ता र शक्तिमा बस्नेहरुले जनताको भवनाविपरीत काम गर्न नहुने बताउ। 

राजनीतिक दलका नेता र सांसदले भनेको जस्तो विकास निर्माण अघि बढेको भए लाखौँ युवा जनशक्ति विदेश जानु नपर्ने अध्यक्ष केसीले बताए। उनले गाउँघर रित्तिएर उराठ लाग्दा भएकामा उनले चिन्ता व्यक्त गरे।

प्रकाशित मिति: १५:०७ बजे, बुधबार, फागुन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्