Kathmandu Press

‘माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन’

माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि सङ्गठन बलियो बनाउने लागेको नेता श्रेष्ठले स्पष्ट पारे।
‘माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन’
फाइल तस्बिर।

ताप्लेजुङ, फागुन ७ : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन्। 

प्रेस सेन्टर ताप्लेजुङद्वारा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन्। माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि सङ्गठन बलियो बनाउने लागेको नेता श्रेष्ठले स्पष्ट पारे।

‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग वार्ता भइरहेको छ,’ उनले भने।
 

प्रकाशित मिति: १४:५२ बजे, बुधबार, फागुन ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्