कांग्रेस सभापति देउवा भारत जाँदै
उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर आयोजना हुन लागेको कुम्भ ग्लोबल समिटमा सहभागी हुन देउवा भारत जान लागेका हुन्।
काडमाडौं, फागुन ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन्।
उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर आयोजना हुन लागेको कुम्भ ग्लोबल समिटमा सहभागी हुन देउवा भारत जान लागेका हुन्।
इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा देउवा वक्ताका रुपमा छन्। कार्यक्रममा शुक्रबार र शनिबार हुनेछ।
कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथलगायत अन्य देशका विभिन्न व्यक्तिहरू पनि वक्ताका रुपमा रहेका छन्।
प्रकाशित मिति: १४:४५ बजे, बुधबार, फागुन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)